उद्योगी व्यवसायीलाई करदाता शिक्षा
गोरखापत्र अनलाइन
मंसिर ५, २०७८ आईतवार
उद्योग व्यापार सङस्गठन रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्स) रुपन्देहीको आयोजना तथा आन्तरिक राजस्व कार्यालय भैरहवाको संयोजनमा भैरहवामा उद्योगी व्यवसायीलाई करदाता शिक्षा दिइएको छ । दसौँ राष्ट्रिय कर दिवस तथा राष्ट्रिय कर सप्ताह–२०७८ को अवसरमा करदाता शिक्षा दिइएको कार्यक्रम संयोजक केशवराज ज्ञवालीले बताउनुभयो ।