‘फाइलमा होइन, योजनामा लगानी बढाइन्छ’
गोरखापत्र अनलाइन
आश्विन २४, २०७८ आईतवार
अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रको विकासका लागि फाइलमा नभएर योजनामा लगानी बढाउने
बताउनुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा उहाँले पहुँचका भरमा फाइल देखाएर बजेट पार्ने परिपाटीको अन्त्य गरिने बताउनुभएको हो ।
“फाइलमा लगानी गरेर अनुत्पादक भयो, त्यस्तो लगानी गरेर हुँदैन । पहुँचका भरमा एउटाले फाइल ल्याउँछ । यहाँ स्कुल छ भन्छ अनि पैसा लान्छ । त्यसको अर्थ छैन,”...