खसी बोका बिक्रीको कमाईले खुसी छन्, स्थानीय महिला
रासस
आश्विन २७, २०७८ बुधबार
खुमिसरा रानाले यस पटकको दसैँमा मात्रै खसी बिक्री गरेर रु एक लाख ३६ हजार बुझ्नुभयो । दसैँ पर्वलाई छवटा खसी उत्पादन गरी राम्रै आम्दानी हुँदा उहाँलाई चाडपर्व कसरी टार्ने भन्ने कुनै चिन्ता छैन ।
पाल्पाको निस्दी गाउँपालिका–५ बहपुर निवासी रानाले एउटै खसी ५३ किलोसम्म उत्पादन गरी बजार पठाउनुभयो । गत वर्षको दसैँमा पनि रानाले पाँचवटा खसी बिक्रीबाट रु एक लाख ५० हजार कमाई गर्नुभयो । “यस वर्ष सात/आठ महिना मात्रै पालेर खसी बेचियो,...