मध्यभोटेकोशीको काम ९ वर्षमा ६५ प्रतिशत, एक वर्षमा सक्ने दावी
गोरखापत्र अनलाइन
भाद्र ६, २०७८ आईतवार
सिन्धुपाल्चोक जिल्लामै सबैभन्दा ठूलो १०२ मेघावाट क्षमताको मध्यभोटेकोशी जलबिद्युत आयोजना नौ बर्षमा ६५ प्रतिशत काम सम्पन्न भएको छ । चिलिमे जलबिद्युत आयोजनाको अगुवाईमा सन २०१३ मा शुरु भएको उक्त आयोजना २०१६ मा सक्नु पर्ने भएपनि अझै एक बर्ष लाग्ने सो आयोजनाका सूर्यनाथ भूर्तेलले जानकारी दिनु भएको छ ।