ह्वीलचियरको भरमा कृषि फर्म, वार्षिक छ लाख बचत
गोरखापत्र अनलाइन
श्रावण ३२, २०७८ सोमबार
विहान उठ्न बित्तिक्कै भेरीगङ्गा नगरपालिका—६ घारीबनका कृषक कविराम खड्का ह्वीलचियरको सहायताले खोरभरी रहेका बाख्रालाई घाँस हाल्न खोरमा पुग्नुहुन्छ । बाख्रालाई घाँस हालेर कुखुरा, लोकल कुखुरा, टर्की, बट्टाईलाई चारो हाल्नु जानुहुन्छ । यो क्रम साँझ अबेरसम्म चलिरहन्छ । ह्वीलचियरको पांग्रा गुडाउँदै आफ्ना बस्तुभाउ स्यार्नु उहाँको दैनिक छ ।