सुन्तला बिक्रीबाट पच्चीस करोड आम्दानी
गोरखापत्र अनलाइन
फाल्गुन ३०, २०७८ सोमबार
चालू आर्थिक वर्षमा तनहुँका कृषकले सुन्तला बिक्री गरेर २५ करोड रुपियाँ आम्दानी गरेका छन् ।तनहुँका छ स्थानमा रहेका सुन्तला ब्लक र कृषकका बगैँचामा यस वर्ष आठ हजार ५८० मेट्रिक टन सुन्तला उत्पादन गरी उक्त आम्दानी गरेको कृषि ज्ञान केन्द्र, तनहुँका कृषि अर्थविज्ञ प्रकृति न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा एक हजार ७५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती छ भने एक हजार ४५० हेक्टरमा उत्पादन हुँदै आएको छ ।
केन्द्रका...