नेप्से परिसूचक उच्च अङ्कले बढ्यो, पाँच कम्पनीको शेयरमा सर्किट
गोरखापत्र अनलाइन
फाल्गुन २९, २०७८ आइतवार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ। शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १०१।०७ अङ्कले बढेर दुई हजार ६६७.९७ मा पुगेको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बजार ३.९४ प्रतिशत बराबरको वृद्धि भएको हो। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.३७ अङ्कले उकालो लागेर ५०९।९० मा पुगेको छ।