रहरको पेसाबाट वार्षिक आठ लाख कमाइ
गोरखापत्र अनलाइन
फाल्गुन २१, २०७८ शनिबार
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–२, लगामका ३३ वर्षीय पुष्कल पौडेलका लागि चार वर्षअघि रहरमा गरेको चित्र बनाउने काम अहिले परिवार धान्ने प्रमुख पेसा भएको छ ।
सुरुमा देउताको चित्र कोर्दै गर्दा पछि सिमेन्टबाट ठूलाठूला आकारमा मूर्ति बनाउने रहर जागेपछि उहाँले मूर्ति बनाउन थाल्नुभयो । “सक्छु कि सक्दिनँ भन्ने दोधारमै मूर्ति बनाउन थालेँ । पहिलो मूर्ति भगवान् शिवको बनाउन सफल भएँ,” पौडेलले भन्नुभयो ।
मूर्ति बनाउने पेसाबाट...