म्याद नाघेका सामग्री नष्ट
गोरखापत्र अनलाइन
फाल्गुन २१, २०७८ शनिबार
हुम्ला सदरमुकाम सिमकोट बजारमा म्याद नाघेका उपभोग्य सामग्री फेला परेका छन् । बजार अनुगमन गर्ने क्रममा दैनिक उपभोग्य सामान र पेय पदार्थ म्याद नाघेको पाइएको हो । अनुगमन टोलीले फेला पारेका म्याद गुज्रेका सामान सम्बन्धित व्यापारीकै हातबाट नष्ट गरिएको छ । उपभोगका लागि म्याद गुज्रेका सामानमा पेय पदार्थ, चिउरा, मसला, बेसार, बिस्कुट, चाउचाउलगायतका दुई दर्जन सामग्री छन् ।