कृषिमा कोरोना कहर : कुखुरामा दैनिक साढे बाइस करोड घाटा
गोरखापत्र अनलाइन ,
चैत्र ३०, २०७६ आईतवार
कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोक्न गरिएको बन्दाबन्दीको असरले कुखुरापालन क्षेत्रमा दैनिक २२ करोड ५० लाख रुपियाँ नोक्सानी भइरहेको छ । कुखुरा व्यवसायी मञ्च नेपालका कार्यकारी निर्देशक शिवप्रसाद बरालले अहिले लकडाउनले कुखुरा व्यवसायमा ठूलो क्षति पुगे पनि सरकार मौन बसेको आरोप लगाउनुभयो ।