कोरोनाको कहर : खरबुजा खेती गर्ने किसानको बिल्लीबाठ
रासस
बैशाख २, २०७७ मंगलवार
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण झापाका दक्षिणी क्षेत्रमा व्यावसायिक खरबुजा खेती गरिआएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण जिल्लाको गौरीगञ्ज क्षेत्रका किसानले लगाएको सयाँै बिघाको उत्पादित खरबुजा बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिने अवस्था आएको किसानको दुःखेसो छ ।