कामविहीन बने अनुसन्धान केन्द्र
सूर्यप्रसाद पाण्डे
माघ २२, २०७८ शनिबार
विज्ञान प्रविधिबारे अनुसन्धान र नवीनतम् आविष्कार गर्न स्थापित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) यतिबेला थला परेको छ । रिकास्टमा १४ जना प्राध्यापक कार्यरत छन् । कार्यकारी निर्देशकदेखि प्राध्यापकसमेत कार्यालय छिर्नासाथ कस्तो अनुसन्धान गर्ने र अनुसन्धानका लागि स्रोत कसरी जुटाउने भन्नेमा चिन्तित हुन्छन् । रिकास्टका कार्यकारी निर्देशक डा. रामनाथप्रसाद...