पढन्तेको अड्डा
सूर्यप्रसाद पाण्डे
माघ ८, २०७८ शनिबार
आजभोलिको शिक्षाप्रति अभिभावक र विद्यालय/कलेज सञ्चालकका चिन्ता एउटै छ, छोराछोरीले पढाइमा ध्यान दिएनन्, कक्षामा गएर फिटिक्कै पढ्दैनन्, दुःखजिलो गरेर पढे पनि रोजगारी पाइँदैन वा पाइयो भने पढाइ एकातिर, रोजगारी अर्कैतिर हुन्छ । अझ कोरोनाका कारण करिब करिब सबै क्षेत्र अस्तव्यस्त बनिसकेको अहिलेको अवस्थामा पढ्ने, पढाउने र रोजगारीसम्बन्धी सबै काम निकै चुनौतीपूर्ण बनिसकेको छ । हरेक उमेर समूहका नागरिकका फरक फरक व्यथा छन्,...