logo
२०८१ जेष्ठ ५ शनिवार



स्थगित परीक्षा फागुनमा

शिक्षा |


स्थगित परीक्षा फागुनमा


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २० गते । कोरोना सङ्क्रमणका कारण स्थगित त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७८ सालको वार्षिक परीक्षाअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान चार वर्षे बीएस्सी चौथो वर्षको आंशिक तथा नियमिततर्फका परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने छन् । यस वर्षका केही परीक्षा सञ्चालन भइसकेका छन् ।

सञ्चालनकै क्रममा कोरोना सङ्क्रमण बढेपछि पनिकाले माघ ९ गतेदेखिको परीक्षा स्थगित गरेको थियो । पनिकाले बुधबार सार्वजनिक गरेको परीक्षा तालिका अनुसार बाँकी परीक्षा फागुन ११ गते सकिने छ । स्थगित परीक्षा तालिका सार्वजनिक भएसँगै त्रिविले यसअघि फागुनमा हुने गरी तालिका सार्वजनिक गरिसकेको स्नातक तथा स्नातकोत्तर तहका अन्य वर्षका परीक्षा पनि सोही मितिमा सञ्चालन हुने भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?