सुस्तामा मुस्लिम विश्वविद्यालय स्थापना हुँदै
गोरखापत्र अनलाइन
कार्तिक २, २०७७ आईतवार
पश्चिम नवलपरासीको सुस्तामा देशकै पहिलो मुस्लिम विश्वविद्यालय स्थापना हुने भएको छ । कुतबुलमदार शाह दरगाहा कमिटी नवलपरासीले गाउँपालिका वार्ड नम्बर २ स्थित महलवारीमा त्यस्तो विश्वविद्यालय स्थापनाका लागि ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
कुतबुलमदार शाह दरगाहा कमिटी नवलपरासीका अध्यक्ष निजामुद्धिन मियाको अध्यक्षतामा बसेको बैठकले मुस्लिम, आदिवासी, जनजाति, असहाय, दलित, विपन्न, पिछडावर्ग समुदायका छोराछोरीलाई उच्च...