‘स्वास्थ्य नीति, व्यवस्थापन र प्रविधि’मा पहिलो पटक स्नातकोत्तर पढाइ हुँदै
रासस
चैत्र १३, २०७८ आइतवार
कोभिड–१९ को महामारी फैलिएपछि सुरुका समयमा जनस्तरमा छाएको त्रास मेटाउन सरकार र विज्ञ पक्षले कोसिस गरे पनि समाजमा अनेक भ्रमको सञ्चार गराइएको थियो । के गर्ने, के नगर्ने भन्ने जनस्वास्थ्यको प्राविधिक ज्ञानको अभाव त छँदै थियो, त्यसका साथै कतिपय सञ्चारमाध्यममा आउने अपुष्ट समाचारले झन् अन्योल सिर्जना गराएको थियो ।