logo
२०८१ बैशाख ८ शनिवार



बालबालिकालाई शैक्षिक सामग्री वितरण

शिक्षा |
प्रदेश |


बालबालिकालाई शैक्षिक सामग्री वितरण


जानु पाण्डे
कपिलवस्तु, चैत १२ गते । विपन्न बालबालिकालाई विद्यालय छाड्न नदिन परीक्षा अघि शैक्षिक सामग्री वितरण गरिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ३ मा बालबालिका र विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको हो ।

वडाभित्रका अति विपन्न गरिब, अभिभावकविहीन ४० जना बालबालिकालाई शैक्षिक सामग्री र ६ वटा विद्यालयलाई ट्राली स्पिकर, पंखा वितरण गरिएको छ । जोखिममा परेका समूहका बालबालिका परीक्षाको बेलामा पढाइ छाड्ने प्रचलन बढेको हुँदा पढाइमा निरन्तरता दिन शैक्षिक सामग्री सहयोग भएको वडा ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।

बालबालिकाले पढ्न पाउने नैसर्गिक अधिकारलाई ध्यानमा राखी जोखिममा रहेका अभिभावकविहीन तथा विपन्न बालबालिकालाई संरक्षण गर्नुपर्ने सापकोटाको भनाइ छ । बालबालिकाको भविष्य उज्ज्वल बनाउन कार्यक्रम ल्याएको बताउँदै सबैको समान पहुँच हुनुपर्ने वडाध्यक्ष सापकोटाले बताउनुभयो ।

बेवर भवानी आधारभूत विद्यालय मैनारका प्रधानाध्यापक देवबहादुर जिसीले वडाले गरेको कार्यको प्रशंसा गर्दै यस्ता कार्यले बालबालिका टिकाउदर बढ्ने बताउनुभयो । वडाले योजनासहित शैक्षिक क्षेत्रमा लगानी गरेको कार्य प्रभावकारी भएको उहाँले बताउनुभयो । शैक्षिक सामग्री वितरणले शैक्षिक गुणस्तरमा थप ऊर्जा मिल्ने जिसीले विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?