काभ्रेपलाञ्चाेकका विद्यालय पुनःनिर्माणमा साढे सात अर्ब रुपियाँ खर्च
गोरखापत्र अनलाइन
भाद्र ११, २०७८ शुक्रबार
काभ्रे, भदौ ११ गते । काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पबाट भत्किएका विद्यालय पुनःनिर्माणमा साढे सात अर्ब खर्च भएको छ । नेपाल सरकार, एशियाली विकास बैङकको ऋण सहयोग, भारत सरकार, शिक्षा विकास समन्वय इकाई र विभिन्न एनजिओ आइएनजिओमार्फत् सात अर्ब ६६ करोड २० लाख रुपियाँ खर्च भएको हो ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले आर्थिक बर्ष २०७३÷०७४ बाट विद्यालय पुनःनिर्माण सुरु गरेको थियो । विद्यालय व्यवस्थापन समिति, निर्माण...