‘अध्ययनका लागि जापान जान पाउँ’
रासस
भाद्र २१, २०७८ सोमबार
जापानको प्रवेशआज्ञा (भिसा) पाएर पनि कोभिड–१९ का कारण जान रोकिएका विद्यार्थीले अध्ययनका लागि जान दिन कूटनीतिक पहल गर्न सरकारलाई अनुरोध गरेका छन् ।
प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्ती र शिक्षा सचिव रामप्रसाद थपलियालाई भेटेर विद्यार्थीले जापानी दूतावाससँग संवादमार्फत समाधान खोज्न अनुरोध गरेका हुन् । विद्यार्थीले आफूहरू स्वास्थ्य मापदण्डको पालना गरेर जान पाउनुपर्ने बताएका छन्...