शिक्षालाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रह
रासस
असार ३०, २०७८ बुधबार
प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कांग्रेस शिक्षा विभागले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गरेको छ । विभागका प्रमुख हरिप्रसाद नेपालका अध्यक्षतामा आज बसेको बैठकले प्रधानमन्त्री बन्नुभएकामा पार्टी सभापतिसमेत रहनुभएका देउवालाई बधाई दिँदै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो ।
बैठकले शिक्षालाई प्रमुख प्राथमिकतामा नराखेसम्म दिगो आर्थिक विकासको लक्ष्य, सुशासन र...