logo
२०८१ असोज ७ सोमवार



पश्चिम नेपालकै पहिलो छात्रा डिग्री कलेजकाे निर्माण अन्तिम चरणमा

शिक्षा |


पश्चिम नेपालकै पहिलो छात्रा डिग्री कलेजकाे निर्माण अन्तिम चरणमा
निर्माणको अन्तिम चरणमा रहेको ‘नेपालगञ्ज छात्रा कलेज’ भवन । तस्विर– सिराज खान



सिराज खान
नेपालगञ्ज, असार ३० गते । नेपालगञ्ज उपमहानगरपालिकाले पश्चिम नेपालमै पहिलो पटक छात्रा डिग्री कलेज सञ्चालन गर्न लागेको छ । सोका लागि भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको र विश्व विद्यालयसँग आवद्धता लिने प्रक्रिया पनि शुरु गरिएको जनाइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ स्थित मंगल प्रसाद माध्यामिक विद्यालयको प्रांगणमा निर्माण भैरहेको अत्याधुनिक ४० कोठे भवनमा ‘नेपालगञ्ज छात्रा कलेज’ सञ्चालन गरिनेछ ।
पश्चिम नेपालमा छात्राको मात्रै उच्च शिक्षाको लागि कुनै पनि छुट्टै कलेज नरहेकाले यहाँका मधेशी र मुस्लिम समुदायको माग अनुसार ‘नेपालगञ्ज छात्रा कलेज’ सञ्चालन गर्न लागिएको नेपालगञ्ज उपमहानगरका उपमेयर उमाथापा मगरले बताउनुभयो ।
उहाँले नेपालगञ्जमा छात्राहरुका लागि मात्रै सरस्वती माध्यामिक विद्यालय र सल्यानीवाग कन्या विद्यालय सञ्चालनमा रहेको जनाउँदै ती विद्यालयबाट पढेका छात्राहरुलाई उच्च शिक्षा प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले सो डिग्रि कलेज सञ्चालन गर्न लागिएको बताउनुभयो ।
कलेज सञ्चालनका लागि भवन निर्माण अन्तिम चरणमा पुगेको र मध्यपश्चिम विश्व विद्यालयसँग आवद्धता लिने प्रक्रिया समेत शुरु गरिसकिएको जनाउँदै उपमेयर मगरले नयाँ आर्थिक वर्षमा कलेज सञ्चालन गरिने बताउनुभयो ।
उहाँले पाँचसय छात्रा अटाउने गरी नौ करोडको लागतमा चार तले ४० कोठाको अत्याधुनिक भवन निर्माण भैरहेको जनाउनुभयो ।
नेपालगञ्ज उपमहानगर वडा नम्बर ८ का वडा अध्यक्ष सुरेन्द्र वैश्यले आफ्नो पहलमा वडा नम्बर ८ मा पश्चिम क्षेत्रकै पहिलो छात्रा डिग्री कलेज निर्माण गरेर सञ्चालन हुन लागेको बताउनुभयो ।
उहाँले अब मधेशी र मुस्लिम समुदायका छात्राहरुलाई उच्च शिक्षाका लागि कुनै पनि समस्या नहुने समेत बताउनुभयो । यहाँका अधिकांश मधेशी र मुस्लिम समुदायले छात्रा कलेजको अभावमा आ आफ्ना छोरीलाई उच्च शिक्षाबाट बन्चित गर्दै आएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?