असारदेखि नयाँ भर्ना शुरु गराउँदै शिक्षा मन्त्रालय, शिक्षक महासङ्घ पर सार्ने पक्षमा
रासस
जेष्ठ २३, २०७८ आईतवार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आउँदो असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र शुरु निर्देशन दिनुभएको छ भने विद्यालय शिक्षाको एक मुख्य पक्ष शिक्षक समुदायले हतार नगर्न आग्रह गरेको छ ।
शिक्षामन्त्री श्रेष्ठले असार १ गतेबाट नयाँ भर्ना प्रक्रिया र कक्षा सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि कार्यक्रम तर्जुमा गर्न आज मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन दिनुभएको हो । कोभिड–१९...