विद्यार्थीका लागि सात ठाउँमा ‘फ्रि वाइफाइ’
गोरखापत्र अनलाइन
जेष्ठ २२, २०७८ शनिबार
कोरोनाका कारण विद्यालय बन्द भएपछि दशरथचन्द नगरपालिकाले विद्यार्थीलाई अनलाईनबाट पढाई गराउन बैतडी सदरमुकामलगायत नगरपालिकाभित्र सात ठाउँमा फ्रि वाइफाइ जडान गरेको छ ।
बैतडी सदरमुकामको दरशरथचन्द नगरपालिका–४, गढी, गोठालापानी र शाहीलेक, सदरमुकामबाहिर गुरुखोला, देहिमाडौं, बस्कोट र रानीबुङ्गा गरी आठ स्थानमा फ्रि वाइफाइ जडान गरिएको हो ।