निषेधाज्ञा उल्लङ्घन गर्नेलाई ठाउँको ठाउँ कारबाही, सडकमै कुखुरा !
गोरखापत्र अनलाइन ,
भाद्र ११, २०७७ बिहीबार
कोरोना सङ्क्रमण रोकथाम तथा कन्ट्याक्ट टेसिङलाई सहज बनाउन बागलुङ नगरपालिकामा जारी निषेधाज्ञा उल्लंघन गर्नेलाई जिल्ला प्रशासन कार्यालय, बागलुङले ठाउँको ठाउँ कार्वाही गर्न थालेको छ ।
निषेधाज्ञाको नियम पालना नगरी मास्कको प्रयोग नगरी विना काममा लखर लखर हिड्नेलाई जिल्ला प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले सडकमै कारवाही स्वरुपमा कुखुरा बनाउने तथा उठबस गरी सम्झाई बुझाई छोड्न थालेको हो ।