कोरोनाबाट बच्ने नयाँ काइदा, दैलेखमा एसएमएस अभियान
गोरखापत्र अनलाइन ,
भाद्र १०, २०७७ बुधबार
कोरोना संक्रमणबाट बच्न र बचाँउन जिल्ला प्रशासन कार्यालय दैलेखले एसएमएस अभियान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जिल्लाका ११ स्थानीय तहका ९० वटै वडामा एसएमएस अभियान संचालन गर्ने बताउनुभयो । उहाँले एसएमएस अभियान भनेको सोसियल डिस्टेन्स कायम गर्ने, अनिवार्य मास्क लगाउने र सेनिटाइजरको प्रयोग गर्नका लागि नागरिकहरुलाई सचेतना जगाउँन जिल्लाका...