सामाजिक सुरक्षा भत्ता घरमै वितरण
गोरखापत्र अनलाइन ,
श्रावण ८, २०७७ बिहीबार
सामाजिक सुरक्षा भत्ता बुझ्न आउन नसक्नेका लागि बैङ्कका कर्मचारी घरमै पुगेर सेवा दिन थालेका छन् ।
बाराको महागढीमाई नगरपालिकामा सामाजिक सुरक्षाबापतको रकम लिन बैङ्कसम्म आउन नसक्ने एकल महिला, ज्येष्ठ नागरिक, पूर्ण अपाङ्गता, आंशिक अपाङ्गता र ज्येष्ठ दलित नागरिकको घरमा पुगेर बैङ्कका कर्मचारीले सेवा दिइरहेका छन् ।