logo
२०८२ भाद्र १३ शुक्रवार



राजविराज नगर क्षेत्रमा निषेधाज्ञा, अस्पतालको थप दुई कर्मचारीसहित १४ सङ्क्रमित

फिचर |
खुला |


राजविराज नगर क्षेत्रमा निषेधाज्ञा, अस्पतालको थप दुई कर्मचारीसहित १४ सङ्क्रमित



धीरेन्द्रप्रसाद साह
राजविराज, साउन ७ गते । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण तीव्र रुपमा फैलिएपछि राजविराज नगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । भोलि बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी अर्को आदेश नहुन्जेलसम्म नगर क्षेत्रलाई निषेधित क्षेत्र तोकेर निषेधज्ञा आदेश जारी गरिने निर्णय भएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिनुभयो ।
जिल्ला सङ्कट व्यवस्थापन समितिको बुधबार बसेको बैठकले राजविराज नगरपालिकामा समुदाय स्तरमा सङ्क्रमण फैलिन नदिन नगर क्षेत्रभरि सो आदेश जारी गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जयकुमार घिमिरेले जानकारी दिनुभयो । निषेधित क्षेत्रमा अत्यावश्यक काम बाहेकका सम्पूर्ण जावतजावत, सवारी साधन, पसल बन्द रहने उहाँले जानकारी दिनुभयो ।

गत साउन १ राजविराज-६ निवासी ७३ वर्षीय एक व्यापारीको सङ्क्रमणबाट मृत्यु भएको थियो । उनकै सीधा सम्पर्कमा आएका उनको परिवारका पाँचै जनासहित अन्य मानिस, ती मानिसका पारिवारिक सदस्य, छरछिमेकमा सङ्क्रमण पुष्टि भएपछि राजविराज नगरपालिकाको आग्रहमा निषेधज्ञा जारी गरिने निर्णय भएको उहाँले बताउनुभयो ।

अस्पतालको दुई कर्मचारीसहित १४ सङ्क्रमित थपियो
सप्तरीमा बुधबार राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल र अस्पताल परिसरका पुर्नस्थापना केन्द्रका एक/एक कर्मचारीसहित १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ४०४ पुग्यो ।

बुधबार पुष्टि भएका सङ्क्रमित भएका १३ जना मृतक सङ्क्रमितसँगको सीधा सम्पर्कमा आएका व्यक्ति र ती व्यक्तिका पारिवारिक सदस्य भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । अस्पतालका कर्मचारीहरुको पनि मृतक सङ्क्रमितसँगको सम्पर्कमै रहेको बताएको छ ।

राजविराज ३ का ६३ र ३२ वर्षीय पुरुष, राजविारज ७ का २० वर्षीय पुरुष, राजविराज ६ का ४० वर्षीय पुरुष, राजविराज ३ का २३ वर्षीय पुरुष, राजविराज ६ का ३६ वर्षीय महिला, राजविराज २ का ३१ वर्षीय पुरुष, राजविराज ६ का ३२ वर्षीय महिला, राजविराज ६ का ४३ वर्षीय पुरुष, राजविराज ७ का ४०, १७, १५ र १५ वर्षीय महिला तथा अग्निसाईर कृष्णसवरण गाउँपालिका १ का एक पुरुषमा सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका शर्मिलाकुमारी चौधरीले जानकारी दिनुभयो ।

हालसम्म मृतकसँगको सम्पर्कबाट २२ जनामा सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले जानकारी दिनुभयो । कन्ट्याक्ट ट्रेसिङ्गको आधा हालसम्म करिब एक सय जनाको स्वाब सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो । तीमध्ये २३ जनाको रिपोर्ट आइसकेको छ भने अन्यको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । जिल्लामा समुदायस्तरसम्म सङ्क्रमण फैलिएको उहाँले बताउनुभयो । तर, यसबारे जिल्ला सङ्कट व्यवस्थापन समितिले निर्णय भने निर्णय गरेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?