ढल निकास नहुँदा उपत्यकामा जलमग्न भए सडक
रासस
श्रावण ६, २०७७ मंगलवार
नियमित वर्षाका कारण काठमाडौँ उपत्यकाका धेरै स्थानमा सडक जलमग्न हुँदा सवारी चालक र यात्रुलाई आवतजावत गर्न गाह्रो भएको छ । उपत्यकाका मुख्य र सहायक सडकमा कतिपय घर र पसलभित्रै पानी पस्न थालेको छ ।
उपत्यकाका सुन्धारा, बालुवाटार, तीनकुने, कुमारीपाटी, तीनकुनेलगायत स्थानमा सवारी साधन नै डुबिरहेको देख्न सकिन्छ । वाग्मतीलगायत नदीको बहाव बढ्दा करिडोरमा पानी जमेको छ । उपत्यकामा रहेको ढल साँघुरो र नियमित मर्मतका अभावमा यस्तो...