म्याग्दी बाढीमा एक जना बेपत्ता, ट्रयाक्टर, बस, एक्स्काभेटर र झोलुङ्गे पुल बगायो
गोरखापत्र अनलाइन ,
श्रावण ६, २०७७ मंगलवार
पछिल्लो तीन दिनदेखिको अविरल वर्षाले म्याग्दीको जनजीवन प्रभावित बनेको छ । अन्नपुर्ण गाउँपालिका–३ काभ्रेका ६९ वर्षीय बलबहादुर गर्बुजा काभ्रेको ठाडो खोलाले बगाएर बेपत्ता हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय, म्याग्दीका डीएसपी किरणजङ्ग कुँवरका अनुसार गर्बुजा बाख्रा लिएर घरतर्फ फर्कँदै गर्दा खोलाले बगाएर कालीगण्डकीमा बेपत्ता हुनुभएकाे हो ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको रुप्से झरनामा बाढी...