लमजुङमा जीप दुर्घटना हुँदा सात जना घाइते, एकको अवस्था गम्भीर
गोरखापत्र अनलाइन ,
श्रावण ४, २०७७ आईतवार
लमजुङको बेंसीशहर नगरपालिका-१, गाईखुरे झरनानजिकै शनिबार साँझ ६ बजेतिर जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । गाईखुरे झरनाबाट फर्कने क्रममा ग ३ च १५२५ नम्बरको बोलेरो जीप सडकबाट खसेर दुर्घटना हुँदा बेंसीशहर नगरपालिका-८, नारायणस्थानमा बस्दैआएका ४२ वर्षीय बालकृष्ण श्रेष्ठ लगायत उहाँका परिवारका पाँच जना, छिमेकी र आफन्तका दुई जना घाइते भएका छन् । बालकृष्णले चलाएको उक्त जीप सडकबाट...