कोरोना जित्दै सुदूरपश्चिम, एक हजार ५१३ डिस्चार्ज, ६१ जना अस्पतालमा
गोरखापत्र अनलाइन ,
असार ३०, २०७७ मंगलवार
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितमध्ये एक हजार ५१३ जना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार सोमबार एकैदिन ९६ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् ।
कैलालीका १७ जना, बझाङका ५३ जना र अछाम जिल्लाबाट एकैदिन ९६ जना सङ्क्रमित डिस्चार्ज भएका हुन् । योसँगै प्रदेशमा कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज हुनेको सङ्ख्या एक...