झापामा बाढीको वितण्डाः एक सय घर विस्थापित, एकको मृत्यु
गोरखापत्र अनलाइन ,
असार २८, २०७७ आईतवार
अविरल वर्षाका कारण झापा गाउँपालिका १, २ र ३ का विभिन्न क्षेत्रमा डुबान हुँदा ५२ घरपरिवार विस्थापित बनेका छन् भने एक जनाको मृत्यु भएको छ । तीन वर्ष पहिले सोही गाउँपालिकामा आएको बाढीले ११ जनाको मृत्यु भएको थियो । यस वर्ष पनि लगातार आएको वर्षाका कारण स्थानीय कनकाई र बिरिङ नदीको सतह बढेर आउँदा सो गाउँपालिकाको सडकबारी, मिलनबस्ती, सिमलबारीलगायत सानो माईको तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन् ।