तिलाठीको भन्सार, प्रहरी चौकीसहित ५० घर डुबानमा
गोरखापत्र अनलाइन ,
असार २९, २०७७ सोमबार
खाँडो नदीमा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ तिलाठीको बेल्ही टोलका करिब पचासभन्दा बढी घर डुबानमा परेको छ भने सोही बाढीमा बेल्ही भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो ।