पहिरोमा ज्यान गुमाउनेका परिवारलाई एक लाख रुपियाँ राहत र घाइतेको निःशुल्क उपचार गरिने
रासस
असार २७, २०७७ शनिबार
जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा परी ज्यान गुमाउनेकाको परिवारलाई जनही रु एक लाखका दरले राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले अविरल वर्षाका कारण कास्कीमा सात जनाको ज्यान गएकामा मृतकका परिवारलाई प्रति मृतक रु एक लाखको दरले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।