एक लाख ४० हजार भारतीय नक्कली नोटसहित तीन पक्राउ
गोरखापत्र अनलाइन
असार २८, २०७७ आईतवार
झापाको कनकाई नगरपालिका-३, सुरुङ्गाबाट नक्कली एक लाख ४० हजार रुपियाँसहित तीन जनालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ ।
भारतीय पाँच सय दरका नक्कली एक लाख ४० हजार रुपियाँसहित कनकाई नगरपालिका-४ का ३० वर्षीय खुसिल मियाँ, झापा गाउँपालिका-५, पन्थपाडाका २४ वर्षीय एराजुल मियाँ र कनकाई नगरपालिकाका सो रकम लिने एक सुनचाँदी व्यवसायी मौसम श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
कनकाई नगरपालिकाका-४ का...