कर्णालीमा ११ सङ्क्रमित थपिए, ३० जना निको भए
गोरखापत्र अनलाइन ,
असार २५, २०७७ बिहीबार
कर्णालीमा थप ११ जनामा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहीबार चार जिल्लाका थप ११ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
योसँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५६१ पुगेको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका पाँच जना र दैलेखका एक जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
यस्तै चौरजहारी नगरपालिका...