उपत्यकाका यी स्थानमा भेटिए कोरोना सङ्क्रमित
गोरखापत्र अनलाइन ,
असार २३, २०७७ मंगलवार
उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडाैँ, ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा सङ्क्रमण देखिएको थियो ।
काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्रबाराही, तारकेश्वर, गोल्फुटार, कीर्तिपुर(ट्याङ्लाफाँट), धापासी, बसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो...