logo
२०८२ भाद्र ११ बुधवार



उपत्यकाका यी स्थानमा भेटिए कोरोना सङ्क्रमित

फिचर |


उपत्यकाका यी स्थानमा भेटिए कोरोना सङ्क्रमित


    
काठमाडौँ, असार २३ गते । उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडाैँ, ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा सङ्क्रमण देखिएको थियो ।    
    
काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्रबाराही, तारकेश्वर, गोल्फुटार, कीर्तिपुर(ट्याङ्लाफाँट), धापासी, बसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो ।    
     
यस्तै, ललितपुरको धोबीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँ तथा भक्तपुरको बालकोट र गट्ठाघरमा सङ्क्रमण भेटिएको उहाँले जानकारी दिनुभयो । काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?