मुम्बईले हैदराबादलाई हरायो, आज दुई खेल हुने
गोरखापत्र अनलाइन
बैशाख ५, २०७८ आईतवार
इन्डियन प्रिमिय लिग(आईपीएल)मा आज दुई खेल हुने भएको छ । लिगको दशौं खेलमा आज रोयल च्यालेन्जर्स बैंगलोरले कलकत्ता नाइट राइर्डसको सामना गर्दैछ । आज राति हुने दोस्रो खेलमा देल्ही क्यापिटल्सले पञ्जाब किंग्सको सामना गर्नेछ ।
चेन्नईमा हुने पहिलो खेल बैंगलोर र कलकत्ताबीच हुनेछ । प्रतियोगिताको पहिलो खेलमा जित हात पारेको कलकत्ताले दोस्रो खेलमा हार बेहोरेको थियो । बैंगलोरले भने आफ्नो दुबै खेल जितेको छ ।
दोस्रो खेलमा देल्हीले...