logo
२०८१ बैशाख २७ बिहीवार



म्यान्चेष्टर सिटी च्याम्पियन्स लिगको सेमीफाइनलमा पुग्यो

फुटबल |
खेलकुद |


म्यान्चेष्टर सिटी च्याम्पियन्स लिगको सेमीफाइनलमा पुग्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २ गते । म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । क्वार्टरफाइनलमा बोरसिया डर्टमन्डलाई हराएर ऊ अन्तिम चारमा स्थान पक्का गरेको हो ।
गए राति अबेर सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेगमा सिटीले बोरसियामाथि २–१ को जित हात पार्यो । पहिलो लेगमा सिटीले बोरसिया डर्टमन्डमाथि २–१ को जित हात पारेको थियो । १७ वर्षीय इंग्ल्याण्डका ज्यूड बेलिंघमले पहिलो गोल गर्दै बोरसियालाई १–० को अग्रता दिलाउनुभयो । उहाँले १५ औं मिनेटमा गोल गर्नुभयो ।
पहिलो हाफमा अग्रता बनाएको बोरसियाले दोस्रो हाफमा खेलमा नियन्त्रण लिन नसक्दा सिटीले दोस्रो हाफको सुरुवातमै रियाद महरेजको गोलबाट बराबरी गोल फर्कायो । ५५ औं मिनेटमा एम्रे केनले लडाउन पुग्दा सिटीले पाएको पेनाल्टीलाई महरेजले गोलमा परिणत गर्नुभयो ।
७५ औं मिनेटमा फिल फोडेनले गर्नुभएको गोल सिटीलाई सेमीफाइनलमा पुर्याउन पर्याप्त भयो । सिटीले सेमीफाइनलमा पेरिस सैन्ट जर्माइनको सामना गर्नेछ । फ्रेञ्च क्लब पीएसजीले क्वार्टरफाइनलमा बेयार्न म्युनिकलाई हराएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?