logo
२०८१ बैशाख २७ बिहीवार



चेल्सी एफए कपको फाइनलमा पुग्यो

फुटबल |
खेलकुद |


चेल्सी एफए कपको फाइनलमा पुग्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ५ गते । चेल्सी एफ ए कपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा म्यान्चेष्टर सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा स्थान सुरक्षित गरेको हो ।
वेम्ब्लीमा सम्पन्न खेलमा चेल्सीले म्यान्चेष्टर सिटीमाथि १–० को जित हात पार्यो । सिटी र चेल्सी गत् साता मात्रै च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान सुनिश्चित गरेको थियो । पेप गार्डिओलाको म्यान्चेष्टर सिटीको जारी संस्करणमा चार वटा ट्रफी जित्ने लक्ष्यमा धक्का लागेको छ । म्यान्चेष्टर सिटी प्रिमियर लिगको उपाधि जित्ने होडमा छ । सिटीले लिग कप फाइनलमा २५ अप्रिलमा टटनहमको सामना गर्दैछ ।
खेलको ५५ औं मिनेटमा हकिम जिएकले टिमो वेर्नरको पासलाई गोलको दिशा दिंदै चेल्सीलाई १–० को अग्रता दिलाउनुभयो । उक्त गोल नै चेल्सीलाई फाइनलमा पुर्याउन पर्याप्त भयो । चेल्सीले एफ ए कपको फाइनलमा लेष्टर सिटी र साउथम्पटनबीचको खेलको विजेतासँग स्पर्धा गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?