पत्रकार सम्मेलनमा मेस्सी भक्कानिए
गोरखापत्र अनलाइन
श्रावण २४, २०७८ आईतवार
लियोनल मेस्सी बार्सिलोना छोड्ने घोषणा गर्ने क्रममा भावुक हुनुभएको छ । उहाँले आफू र आफ्नो परिवार घरमै बस्नेमा विश्वस्त भएको बताउनुहुँदै भावुक हुनुभयो ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो बर्हिगमनको पुष्टि गर्नुहुँदै अब क्लबसँगको आबद्धता समाप्त भएको छ र नयाँ कथाको सुरुवात हुने बताउनुभयो । “मेरो लागि यो अत्यन्तै गाह्रो क्षण हो, मैले क्लब छोड्न चाहेको छैन्, मैले माया गरेको हो र यस क्षणमा अब म अपेक्षा गरेको...