logo
२०८१ मंसिर १० सोमवार



फुटबलको ओलम्पिक स्वर्ण ब्राजिलले जित्यो

फुटबल |
खेलकुद |


फुटबलको ओलम्पिक स्वर्ण ब्राजिलले जित्यो
तस्विर–एपी


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २४ गते । ब्राजिलले टोकियो ओलम्पिक २०२० मा पुरुष फुटबल विधाको स्वर्ण जितेको छ । फाइनलमा स्पेनलाई २–१ ले हराउँदै ब्राजिलले ओलम्पिक फुटबलको उपाधि रक्षा गरेको हो ।
ब्राजिलको जितमा सान्टस कारनैरो डा कून्हा र माल्कमले सामान एक एक गोल गर्नुभयो । पहिलो हाफको अतिरिक्त समयमा सान्टोसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाउनुभयो । ६१ औं मिनेटमा स्पेनका मिकेल ओर्जेबलले गोल फर्काउँदै खेल बराबरीमा ल्याउनुभयो । निर्धारित समय १–१ को बराबरीमा सम्पन्न भएपछि खेल अतिरिक्त समयमा गएको थियो । १०८ औं मिनेटमा ‘सब्स्टिच्युट’ माल्कमले गर्नुभएको गोल ब्राजिलको उपाधि रक्षाका लागि पर्याप्त भयो ।
पाँच वर्ष अघि ब्राजिलले जर्मनीलाई हराएर ओलम्पिकमा पुरुष फुटबल विधातर्फको स्वर्ण जितेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?