गोरखापत्र अनलाइन
काठमाडौं, साउन २४ गते । राष्ट्रिय फुटबल टोलिको बन्द प्रशिक्षण पोखरामा हुने भएको छ । करिब एक महिनादेखि काठमाडौंमै प्रशिक्षणरत टोलिको आगामी बुधबारदेखि पोखरामा प्रशिक्षण गराइनेछ ।
राष्ट्रिय फुटबल टोलि हाल दक्षिण एशियाली फुटबल(साफ) च्याम्पियनशीप र एएफसी एशियाली कप छनोटको अन्तिम चरणको तयारीमा रहेको छ । कुवेतबाट गत् महिना फर्केको राष्ट्रिय टोलि आए लगत्तै बन्द प्रशिक्षणमा सहभागि भएको थियो । एन्फाले खेलाडीलाई हाल दश दिनको विश्राम दिएको जनाएको छ । विश्रामपछि मंगलबार फुटबल टोलि पोखराका लागि प्रस्थान गर्नेछ ।
एन्फाले पोखरामा हुने प्रशिक्षणमा एरिक विष्ट र प्रकाश बूढाथोकी सहभागि नहुने जनाएको छ । दुबैजनाको स्थानमा शिशिर लेखी, शेषेहाङ्ग आङ्दाम्बे र गोलकिपर विशाल सुनारलाई स्थान दिइएको छ ।