कोरोनाविरुद्ध खोपको अतिरिक्त मात्रा खोप बुधबारबाट दिइने
गोरखापत्र अनलाइन
पुष २०, २०७८ मंगलवार
सरकारले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको अतिरिक्त मात्रा खोप बुधबारबाट दिने भएको छ ।
मंगलबार बैठक बसेर छलफल गरेपछि बुधबारबाट अतिरिक्त मात्रा खोप दिने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले बताउनुभयो ।‘कोभिड–१९ खोप अभियान व्यवस्थापन तथा अनुगमन समितिको बैठक आज बस्दै छ,’ उहाँले भन्नुभयो, ‘बैठक बसेर आवश्यक तयारी पूरा गरेपछि भोलिबाट खोप दिने योजना बनाएका छौँ ।’