दैनिक सङ्क्रमितको सङ्ख्यामा सामान्य वृद्धि, आत्तिनु पर्दैन
सिर्जना खत्री
पुष १९, २०७८ सोमबार
नेपालमा पछिल्लो १८ दिनमा चार हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि हुनुका साथै ३१ जनाको मृत्यु भएको छ । पुसको पहिलो हप्ता डेढ सयको हाराहारीमा सङ्क्रमित रहने गरेकोमा पुसको दोस्रो र तेस्रो हप्तामा सरदर दैनिक दुई अढाइ सय सङ्क्रमित फेला परेको पाइन्छ । दैनिक छ–सात हजाको आरसीपीटीआर परीक्षण हुने गरेको र सोही आधारमा एक डेढ सय सङ्क्रमित थपघट हुनु सामान्य गरेको चिकित्सकहरु बताउछन् ।