बहसमा बुष्टर डोज : सुरुमा लक्षित समूहलाई खोप दिन विज्ञको सुझाव
विष्णु पाण्डेय
मंसिर १९, २०७८ आइतवार
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन’विश्वका विभिन्न देशमा फैलन थालेपछि खोपको बहस फेरि उत्कर्षमा पुगेको छ । केही वैज्ञानिकले अहिलेको नयाँ भेरियन्टले खोपलाई नै छल्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेका छन् । केही वैज्ञानिकले अहिलेको खोपले नयाँ भेरियन्टको संक्रमणबाट जोगाउन सक्ने बताइरहेका छन् ।