लमजुङमा करिव ५६ हजारले कोरोनाको पूर्ण खोप लगाए
लमजुङमा करिव ५६ हजार नागरिकले कोरोना भाइरस (कोभिड १९) विरुद्धको पूर्ण खोप लगाएका छन् । जिल्लाभरिमा ५५ हजार ७ सय ५३ जना नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।
दक्ष जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा बन्द
दक्ष जनशक्ति नहुँदा बैतडीमा गएको दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ । जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५ स्थानमा सेवा बन्द रहेको हो ।
बढ्दै मानसिक समस्या
नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ को अनुसार देशको कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको हो । तथ्याङ्कअनुसार ११ लाख जनता मानसिक समस्याको शिकार भएका छन् । यस्तै थप १३ देखि १७ वर्ष उमेरका ५ दशमलव २ प्रतिशत किशोरकिशोरीले हालको अवस्थामा मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन् ।
५६५ सङ्क्रमित थिपए ,८७१ सङ्क्रमण मुक्त, १० काे मृत्यु
पछिल्लो २४ घण्टामा ५६५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् भने साे अवधिमा ८७१ जनामा संक्रमण मुक्त हुनुभएकाे छ ।
एक महिनामा कोरोना सङ्क्रमण ६० प्रतिशत घट्यो
नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो । मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जानकारी दिनुभयो । उहाँका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको छ । उहाँले यो सङ्क्रमणमा उल्लेख्य कमी...