थप ३२६ जनामा सङ्क्रमण पुष्टि, चार जनाको मृत्यु
गोरखापत्र अनलाइन
आश्विन २७, २०७८ बुधबार
पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । तीन हजार ६७१ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ३२६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
यस्तै, एक हजार ९२३ वटा एन्टीजेन परीक्षण गर्दा ३९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।