logo
२०८१ मंसिर ८ शनिवार



लमजुङमा करिव ५६ हजारले कोरोनाको पूर्ण खोप लगाए

स्वास्थ्य |
प्रदेश |


लमजुङमा करिव ५६ हजारले कोरोनाको पूर्ण खोप लगाए


बेलिना थापा
लमजुङ, असोज २५ गते । लमजुङमा करिव ५६ हजार नागरिकले कोरोना भाइरस (कोभिड १९) विरुद्धको पूर्ण खोप लगाएका छन् । जिल्लाभरिमा ५५ हजार ७ सय ५३ जना नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

कार्यालयका प्रमुख अमर दवाडीकाअनुसार कोरोनाविरुद्धको पहिलो मात्राको खोप भने ७२ हजार १ सय ५८ जनाले मात्र लगाएका छन् । चार नगरपालिका र चार गाउँपालिकाका गरी कुल १ लाख ५ हजार ९ सय ३८ जनालाई खोप लगाउने लक्ष्य रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । ३३ हजार ७ सय ८० जनाले पहिलो मात्राकै खोप लगाउन बाँकी रहेको छ ।

कार्यालयकाअनुसार भेरोसिल पहिलो मात्रा ३७ हजार ९ सय ७५ जनाले लगाएका छन् । दोस्रो मात्रा २६ हजार ४ सय ४९ जनाले लगाएका छन् । यस्तै, एष्ट्राजेनेकाको पहिलो मात्रा २१ हजार ७ सय १३ जनाले लगाएका छन् । दोस्रो मात्रा १६ हजार ८ सय ३४ लगाएका छन् । यस्तै, जोन्सन खोप १२ हजार ४ सय ७० जनाले लगाएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले बताउनुभयो ।

उहाँकाअनुसार बेंसीसहर नगरपालिकाका १८ हजार ४ सय ६३ जनाले पहिलो मात्रा र १३ हजार ३ सय ५२ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । सुन्दरबजार नगरपालिकाका ११ हजार ६ सय ९७ जनाले पहिलो मात्रा र ९ हजार ४ सय २८ जनाले दोस्रो मात्रा लगाएका छन् । मध्यनेपाल नगरपालिकाका ८ हजार ८ सय ७७ जनाले पहिलो मात्रा र ६ हजार ८ सय ७५ जनाले दोस्रो मात्राको खोप लगाएको बरालले बताउनुभयो ।

राइनास नगरपालिकाका ७ हजार १ सय ३७ जनाले पहिलो मात्रा र ५ हजार ४ सय २६ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । क्व्होलासोंथर गाउँपालिकाका ५ हजार ५ सय ४६ जनाले पहिलो मात्रा र ४ हजार २६ जनाले दोस्रो मात्राको खोप लगाएका छन् ।

मस्र्याङदी गाउँपालिकाका ८ हजार ५ सय ९९ जनाले पहिलो मात्रा र ६ हजार ७ सय २७ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । दोर्दी गाउँपालिकाका ६ हजार १ सय ४७ जनाले पहिलो मात्रा र ४ हजार ३ सय १९ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । यस्तै दूधपोखरी गाउँपालिकाका ५ हजार ६ सय ९२ जनाले पहिलो मात्रा र ५ हजार ६०० जनाले दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सरकारले सञ्चालन गरेको कोभिड अभियान २०७७–७८ मा लमजुङका चार नगरपालिका र चार गाउँपालिकाका नागरिकले खोप लगाएका हुन् । बाँकी रहेका नागरिकलाई खोप लगाउनेक्रम जारी रहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?